अप्टिकल डिस्पेन्सर तालिम (Optical Dispenser Training)
अप्टिकल डिस्पेन्सर तालिम (Optical Dispenser Training)
Bhaktapur Eye Institute (भक्तपुर आई इन्टिच्यूट)

अप्टिकल डिस्पेन्सर तालिमको आवश्यकता (Why Optical Dispenser Training)

हाल नेपालको कुल जनसख्याको १० प्रतिशत मानिसहरुको आँखा दृष्टिदोष (Refractive Error) तथा ३५ वर्ष माथिका उमेर समुहका मानिसहरुमा ६० प्रतिशतलाई चश्मा सेवाको आवश्यत्ता रहेको छ । अहिलेको अवस्थामा नेपालमा चश्मा सेवा (अप्टिकल डिस्पेन्सर) आधिकारिक रुपमा तालिमको अभावले एक ब्यवसायको रुपमा मात्र विकास भएको देखिन्छ जसले गर्दा ब्यवहारिक क्षमताको भरमा मात्र चश्मा फिटिङ तथा चश्मा ब्यवसाय सञ्चालन गरिरहेका छन् जसको कारणले चश्मा लगाउनु पर्ने सेवा ग्राहीहरुले गुणस्तरिय चश्मा सेवा पाउन सकिरहेका छैनन् भने कतिपएले त गुणस्तरिय सेवाको कमिले गर्दा चश्मानै लगाउन छोडेको उदाहरण पनि रहेको छ । अतः चश्मा ब्यवसाय एक ब्यवसाय मात्र नभई स्वास्थ्यको एक अंगको रुपमा भएकाले यसलाई ब्यवस्थित रुपमा सञ्चालन गर्न सहजिकरण गर्दै तालिमप्राप्त योग्य नागरिक निर्माण गरि अप्टिकल डिस्पेन्सिङ्ग सम्बन्धी ज्ञान र सीपयुक्त रोजगार वा स्व–रोजगार हुने जनशक्ति उत्पादन गरि चश्मा ब्यवसायलाई ब्यवस्थित गर्दै बालबालिकाहरुमा गुणस्तरिय शिक्षा तथा गरिखाने उमेर समुहको उत्पादनमा बृद्धि गरि प्रत्यक्ष रुपमा समाजको आर्थिक तथा सामाजिक विकासमा सहयोग पु¥याउनु पर्ने तात्कालिन आवश्यत्ता छ ।

२. भुमिका तथा महत्व

  1. हाल नेपालमा रहेका जतिपनि अप्टिकल डिस्पेन्सरहरु रहेका छन् उनिहरुले चश्मा फिटिङ सम्बन्धी आधिकारीक रुपमा तालिम नलिई ब्यवहारिक सिपको भरमा काम गरिरहेका छन् उनिहरुले यस सिपको विकासबाट गुणस्तरिय तथा ब्यवस्थित चश्मा ब्यवसाय सञ्चालन गर्न सक्ने छन् ।
  2. भरखरै नेपाल सरकारले आँखा स्वास्थ्य निति पारित गरेको छ जसमा रहेक गाँउपालिकामा आँखा सेवा पु¥याउने लक्ष्य राखेको छ । उक्त आँखा सेवा प्रदान गरिएको स्थानमा एक चश्मा पसलको आवश्यत्ता हुनेछ ।
  3. हाल नेपालमा रहेका आँखा उपचार केन्द्रहरुमा कम्ती एक जना र आँखा अस्पतालहरुमा २ देखि ३ जना तथा अति विशिष्ट आँखा अस्पतालहरुमा ५ जना सम्मको अप्टिकल डिस्पेन्सरको आवश्यत्ता रहेको हुन्छ ।
  4. नँया ब्यवसायी चश्मा पसलहरुले हरेक गाँउपालिकामा एउटा , नगरपालिकाहरुको बजार अवस्था हेरिकन २ देखि ५ वटा र उपनगरपालिका तथा महानगरपालिकाहरुमा बडा सम्ममा यो ब्यवसाय सञ्चालन गर्न सक्नेछन् ।
  5. यसरी माथिका बुदाहरुले गर्दा देशमै स्वरोजगार तथा रोजगारका लागि योग्य नागरिक तयार गरि एक हदसम्म हाल नेपालमा भईरहेको बेरोजगार समस्यालाई न्यूनिकरणको लागि भुमिका निर्बाह गर्ने छ।

३. यस तालिमका उपलब्धीहरु

  • स्वस्फुर्त रुपमा चश्मा ब्यवसाय सञ्चहघडालन, ब्यवस्थान गर्न सक्नेछन् ।
  • चश्मा ब्यवसायको बजार तथा आवश्यत्ताको पहिचान गर्न सक्नेछन् ।
  • जुनसुकै प्रकृतिका चश्माहरुको फिटिङ, विरामीको आवश्यत्ता पहिचान गरि चश्मा सम्बन्धी बिक्रि वितरण गर्न सक्ने छन् ।
  • हाल नेपालमा रहेका आँखा अस्पतालहरु जसले चश्मा सेवा प्रदान गरिरहेका छन् उनिहरुले उक्त चश्मा सेवाको सञ्चालन, ब्यवस्थापन गर्न सक्ने छन् ।
  • योग्य तथा स्वबलम्भि नागरिक तयार हुने छन् ।
 

४. तालिम अबधि तथा लक्षित समुह

यस कोर्षको तालिम अवधि तिन महिना (३९० घण्टा) हुनेछ । कक्षा दश उतीर्ण भएका र यस ब्यवसायमा अभिरुचि राख्ने ब्यक्तिहरुले तालिम लिन सक्नेछन् । एक अवधिमा अधितम् २० जना सम्म प्रशिक्षार्थीको संख्या हुने छ । नेपाली भाषाबाट अध्ययन अध्यापन गराइने छ ।

५. पाठ्य संरचना (Course Curriculum)

१. परिचय पेशाको परिचय (अप्टिकल डिस्पेन्सर) बारेमा
  • चश्मा फिटिङ गर्ने तरिका बारेमा
  • चश्मा मर्मत सम्भार गर्ने तरिका बारेमा
  • चश्मा पसल ब्यवस्थापन गर्ने तरिका बारेमा १० घण्टा
२. फ्रेम तथा लेन्स छनौट तथा परामर्श लेन्सको पावर पहिचान÷जाँच
  • न्यूट्रलाइजेसन
  •  फ्रेम तथा लेन्स छनौट
  • परामर्श सेवा ७० घण्टा
३. चश्मा फिटिङ तथा डिस्पेन्सिङ्ग / मेशीन क्यालिब्रेसन
  • चश्मा फिटिङ्ग
  • सन ग्लास फिटिङ्ग
  • डिस्पेन्सिङ्ग १२० घण्टा
४. ब्यवस्थापन (चश्मा पसल ब्यवस्थापन)
  • चश्माको मर्मत संभार
  • ब्यावसायिकता विकास तथा संचार ३० घण्टा
५. उद्यमशीलता विकास तथा संचार ड्ड उद्यमशिलता विकास तथा स्व–रोजगारको अवधारणको बारेमा
  • उपयुक्त स्व–रोजगार ब्यावसायिक ज्ञानको बारेमा जानकारी दिने
  • ब्यावसायिक योजनाको बारेमा सिकाई गर्ने
  • आधारभुत ब्यावसायिक अभिलेख राख्ने ४० घण्टा
कार्यगत अभ्यास (३ हप्ता) १२० घण्टा जम्मा ३९० घण्टा नोटःसेद्धान्तिक तथा ब्यावहारिक कक्षाहरु हुने छ । (Both Practical and Theoritical Classes) Optical dispenser training Optical dispenser training importance in Nepali

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Site is undergoing maintenance

Bhaktapur Eye Institute

Maintenance mode is on

Site will be available soon. Thank you for your patience!

Lost Password